समाज

शून्य समय : सिक्का निष्काशनदेखि लाइसेन्सको व्यवस्था गर्न माग

शून्य समय : सिक्का निष्काशनदेखि लाइसेन्सको व्यवस्था गर्न माग
पुस  - २९ । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरूले रु एक र दुईका सिक्का निष्काशनदेखि चाँडो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । उनीहरुले जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएकामध्ये फेला पार्न बाँकी मूर्तिको खोजीमा लाग्नुपर्नेमा जोड दिएका थिए । यसैगरी सर्वसाधारणले सहजरुपमा लाइसेन्स नपाएकाले सरकारले चाँडो उपलब्ध गराउने व्यवस्था गर्न र किसानलाई धानको उचित मोल उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसरी सरकारको ध्यानाकर्षण गराउनेमा सांसद बलबहादुर महत, वंशीधर मिश्र, भक्तबहादुर खपाङ्गी, भरतकुमार साह र ममता गिरी थिए ।

BICC व्यवस्थापिका–संसद्

विशेष