समाज

यस्तो छ छक्का पन्जा पाइरेसी पछि अात्महत्या गर्ने युवकको 'सुसाइट नोट'

यस्तो छ छक्का पन्जा पाइरेसी पछि अात्महत्या गर्ने युवकको 'सुसाइट नोट'
पुस – २९ । चर्चित चलिचत्र छक्का पन्जा पाइरेसी गरेको आरोप लागेका नवलपरासीको कावासोतीका कृष्ण सुवेदीले आत्महत्या गरेका छन् । नवलपरासी घर भइ हाल काठमाडौँको चावहिलस्थित विजय चोकमा बस्दै आएका सुवेदीले सुसाइट नोट लेखेर आत्म हत्या गरेका हुन् । उनले सुसाइड नोटमा लेखेका छन्, ‘बुबा आमा दिदी दाजु भाइ सबैले मलाई माफ गर्नुहोला, संसार छोडेर बिदा हुँदै छु, मेरो खातामा भएको एक लाख रुपैयाँ झिकेर आमालाई दिनुहोला ।’ मृतक सुवेदीले गएराति आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । तर, उनले आफ्नो सुसाइट नोटमा चलचित्र छक्का पन्जासँग सम्बन्धित केही उल्लेख गरेका छैनन् । उनी चलचित्र छक्का पन्जा पाइरेसी गर्ने पहिलो व्यक्ति हुन् । बिहीबार चलचित्र सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको थियो । प्रहरीले उनलाई पाइरेसी गरेको अभियोगमा समातेको थियो तर निर्माता दीपकराज गिरीको आग्रहपछि सामान्य तारिकमा छाडेको थियो ।

Chhakka Panja suicide

विशेष