समाज

‘समावेशी तरिकाले न्यायाधीश नियुक्ति’

‘समावेशी तरिकाले न्यायाधीश नियुक्ति’
माघ–१ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले न्याय परिषद्को सिफारिसमा प्रधानन्यायाधीशले समावेशी ढङ्गले उच्च अदालतका ८० न्यायाधीश नियुक्त गरेको बताएका छन् । परिषद्का सदस्य नायकले २५ कानुन व्यवसायीमध्ये अतिरिक्त न्यायाधीशसहित ६ महिला, ८ जनजाति, ५ मधेसी, २ कर्णाली तथा एक– एक थारु र मुसलमान समावेश गरी समानुपातिक समावेशिताको सन्देश दिन खोजिएको बताए । बिहीबार राति न्यायपरिषद्को सिफारिसमा नियुक्त उच्च अदालतका न्यायाधीशको कार्य विभाजनसमेत भइसकेको छ । रासस

अजयशङ्कर नायक न्याय परिषद् सिफारिस

विशेष