खेल

नेपाली फुटबलमा सुधार, विश्व वरियतामा भुटानलाई उछिन्न सफल

नेपाली फुटबलमा सुधार, विश्व वरियतामा भुटानलाई उछिन्न सफल
माघ–१ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले आफ्नो स्थानमा सुधार ल्याउन सफल भएको छ । नेपाल ६ स्थान माथि उक्लिँदै १ सय ७५ औँ स्थानमा पुगेपछि भुटानलाई एक स्थानले पछि पारेको छ । गएको महिना १ सय ८१ औँ स्थानमा रहेको नेपालले वरियतामा सुधार ल्याउँदै दक्षिण एसियाको चौथो स्थानमा रहेन सफल भएको हो । दक्षिण एसियामा भारत १२९ औँ स्थानमा रहँदै पहिलो, माल्दिभ्स १४५ औँ स्थानमा रहँदै दोस्रो र अफगानिस्तान १५१ औँ स्थानमा रहँदै तेस्रो स्थानमा रहेको छ । नेपालसँगै भारत पनि वरियतामा ६ स्थान माथि उक्लिएको छ । यसअघि भारत १३५ औँ स्थानमा रहेको थियो । त्यस्तै गरि माल्दिभ्सले अफगानिस्तानलाई उछिन्दै दक्षिण एसियाको दोस्रो स्थानमा आएको हो । यसअघि अफगानिस्तान १४६ औँ स्थानमा रहेर दोस्रो स्थानमा रहेको थियो । दक्षिण एसियाबाट नेपाल भन्दा तल रहेको भुटान १७६, बंगलादेश १९० र पाकिस्तान १९७ औँ स्थानमा रहेको छ । विश्व वरियताको शीर्ष स्थानमा भने अर्जेन्टिना यथावत रहेको छ ।

नेपाल फिफा वरियता

विशेष