समाज

ब्याट्रीको फल्स बटम जस्तो बनाई लुकाइएको १५ किलो सुन बरामद

ब्याट्रीको फल्स बटम जस्तो बनाई लुकाइएको १५ किलो सुन बरामद
माघ–१ । चीनको केरुङ्ग नाका हुँदै काठमाडौँ भित्रिएको १५ किलो सुनसहित बालाजु प्रहरीले १ जनालाई पक्राउ गरेको छ । ना १ ज ४९६४ नम्बरको सुमो गाडीको अगाडीको ईन्जिनको भागमा ब्याट्रीको फलाम फल्स बटम जस्तो बनाई लुकाएर राखेको अवस्थामा प्रहरीले सुन बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गाडी चालक भक्तपुर सूर्यविनायक ११ पलाँसे बस्ने रविन्द्र भुजेल रहेको प्रहरीले जनाएको छ । चीनसँग जोडिने तातोपानी नाका बन्द भएपछि केहीसमय यता केरुङ्ग नाकाबाट सुन तस्करी भइरहेको छ । दुबईबाट साढे ३३ किलो अवैध सुन बरामद गरेको दुई सातापनि बितिनसक्दा प्रहरीले १५ किलो सुन बरामद गरेको हो ।

केरुङ्ग नाका सुन

विशेष