समाज

न्यूनतम तापक्रम शून्यः जाडो अझै बढ्ने

न्यूनतम तापक्रम शून्यः जाडो अझै बढ्ने
माघ–१ । न्यूनतम तापक्रम शून्यमा झरेपछि शनिबार काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा अत्यन्तै जाडो महसुस गरिएको छ । एक्कासि तापक्रम घटेपछि उपत्यकामा चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको छ । न्यूनतम तापक्रम घटेकाले शनिबार यो वर्षकै बढी चिसो महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार काठमाडौँको न्यूनतम तापक्रम ०.४ डिग्रीसेल्सियस रहेको छ, भने अधिकतम तापक्रम १६ डिग्रीसेल्सियस रहेको छ । अघिल्लो वर्ष पुस ८ गते वर्षकै कम न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको थियो । विन्टर सिजनकै क्रम भएकाले पनि बढी चिसो महसुस गरिएको मौसमविद् सुजन सुवेदीले जानकारी दिए । सामान्यतया : मङ्सिर, पुस र माघलाई जाडाेयाम मानिन्छ । न्यूनतम तापक्रम घट्ने भएकाले अझै केहीदिन चिसो कायमै रहने मौसमविद् सुवेदीले बताए । उनका अनुसार पश्चिमी वायुको असरका कारण शनिबार साँझदेखि देशको पश्चिमी क्षेत्रका पहाडी भेगमा सामान्य बद्ली हुनुका साथै एक–दुई स्थानमा हल्का बर्षात हुने सम्भावना छ । अन्य पहाडी क्षेत्रमा पनि सामान्य बद्लीसँगै छिटफुट वर्षात हुनेछ । तराई क्षेत्रमा भने कुनै असर देखिएको छैन । पश्चिमी वायुको प्रभाव आइतबारसम्म कायम रहने र क्रमश मौसममा सुधार आउने महाशाखाले जनाएको छ । रासस

जाडो तापक्रम

विशेष