मनोरञ्जन

माइकल ज्याक्सनको जीवनमा आधारित चलचित्रप्रति उनकै छोरीको आपत्ती

माइकल ज्याक्सनको जीवनमा आधारित चलचित्रप्रति उनकै छोरीको आपत्ती
चर्चित पप गायक माइकल ज्याक्सनको जीवनमा आधारीत चलचित्रलाई लिएर उनीकी छोरी पेरिस ज्याक्सनले आपत्ती जनाएकी छिन् । ज्याक्सनकी छोरी पेरिस ज्याक्सनको आपत्ती भने यस फिलिममा गोरो कलाकारलाई चोनिएको हो । ज्याक्सनमाथि बन्न लागेको फिलिमको नाम अरबन मिथ्स राखिएको छ । उनको भूमिकामा जोसेफ फाइसले अभिनय गरिरहेका छन् । जोसेफ शेक्सिपियर इन लव र एलिजाबेथ जस्ता चर्चित फिलिममा समेत काम गरिसकेका छन् । जोसेफ गोरा कलाकार हुन् तर ज्याक्सन कालो वर्णका थिए । उनले ट्वीटरमा यो फिलिमको तस्बिर हेरेर उल्टि गर्न चाहन्छु । यो फिलिमलाई लिएर बनाइएको अनलाइन पिटिशनलाई २० हजार भन्दा वढी ब्यक्तिहरुले समर्थन गरेका छन् । अरबन मिथ्समा माइकलसँग जोडिएका धेरै घटनाहरुलाई समाबेश गरिएको छ । यसमा उनको रोड ट्रिप पनि समाबेश छ, जुन उनले २००९ को हमलापछि उनी मर्लिन ब्रैन्ड र एलिजाबेथ टेलरसँग गरेका थिए । माइकलको २००९ मा ५० वर्षको उमेरमा मृत्यु भएको थियो ।

माइकल ज्याक्सन

विशेष