देश

जिप दुर्घटनामा गम्भीर घाइते महिलाको मत्यु

जिप दुर्घटनामा गम्भीर घाइते महिलाको मत्यु
माघ - १ । मेची राजमार्गअन्तर्गत फिदिम–२ स्थित लालीखर्कमा आज भएको जिप दुर्घटनामा गम्भीर घाइते ताप्लेजुङ लिवाङ–८ का ५० वर्षीय नैनकला कार्कीको मृत्यु भएको छ । उनको उपचारका लागि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिप चालक ताप्लेजुङ, नाङ्खोलिङका देवान दोर्जेको बिएण्डसी अस्पतालमै उपचार भइरहेको छ । उक्त दुर्घटनामा परेर मोरङ भाउन्ने–४ का तीनजना दाजुभाइ प्रेम खड्का, जीवन खड्का र चुवान खड्का, पाँचथर याङ्नाम–१ का रुद्र लोवा, ताप्लेजुङ लेलेपका रोशनलिम्बू, तेह्रथुम सोल्माका सरोज खनाल घाइते भएका थिए । उनीहरुको जिल्ला अस्पताल पाँचथरमै उपचार भइरहेको प्रहरीले जनाएको छ । ताप्लेजुङबाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको मे१ज २५४६ नंको जिप तीव्र गतिका कारण अनियन्त्रित भई सडकबाट करिब करिब एक किलोमिटर तल खसेको थियो ।

road accident

विशेष