समाज

देउता रिसाउने डरले गोठ मै सुत्केरी

देउता रिसाउने डरले गोठ मै सुत्केरी

माघ २ । घरमै सुत्केरी गराउँदा देउता रिसाउने अन्धविश्वासले जाजरकोटको ग्रामीण भेगका अधिकांश सुत्केरीको ज्यान जोखिममा परेको छ ।

प्रसवपीडामा रहेका महिललाई घरमा नराखी गोठमा सुत्केरी गराउने गरिएको छ ।

रामीडाँडा, पैक, सक्ला, लहँ, डाँडागाउँ, रग्दा भगवतीलगायतका दुई दर्जन गाविसका महिला अझै पनि देउता रिसउने डरले गोठमै सुत्केरी हुने गरेका छन् । ग्रामीण भेगमा छुट्टै गाई बाँध्ने गोठ हुँदैन । एउटै घरको माथिल्लो तलामा मानिस बस्छन् र तल्लो तलामा गाईवस्तु राख्ने गर्छन् ।

बच्चाको न्वारनपछि घरबाहिरको सबै काम गर्नु परे पनि देउत रिसाउने डरले घरभित्र प्रवेश दिइँदैन । त्यहाँका सुत्केरीहरुले परिवारका सदस्यलाई छुन समेत पाउदैनन् ।

नयाँ पत्रिका

Pregnent

विशेष