समाज

संविधानविद् काशीराज दाहाललाई मातृशोक

संविधानविद् काशीराज दाहाललाई मातृशोक
माघ २ । संविधानविद् काशीराज दाहाल र प्राध्यापक रामप्रसाद दाहाललाई मातृशोक परेको छ। उनकी आमा सकुन्तला दाहालको गएराति ८३ वर्षको उमेरमा निधन भएको हो। मिर्गौला र श्वासप्रश्वास रोगको उपचार गराइरहनुभएकी दाहालको आफ्नै निवास रातोपुलमा निधन भएको थियो। स्व. दाहालका तीन छोरा र दुई छोरी छन् । उहाँको आज बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।

विशेष