इतिहासमा आज

नेपालमा विनाशकारी भूकम्प गएको दिनको सम्झनामा भूकम्प दिवस विभिन्न कार्यक्रम गरी मनाइदैं

नेपालमा विनाशकारी भूकम्प गएको दिनको सम्झनामा भूकम्प दिवस विभिन्न कार्यक्रम गरी मनाइदैं

माघ २ । नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी वि.सं. १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । पूर्वको संखुवासभा जिल्लाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको यस भूकम्पले देशलाई नराम्रो असर पार्यो ।

उक्त भूकम्पमा परी तीन हजार ८५० पुरुष र चार हजार ६६९ महिला गरी जम्मा आठ हजार ५१९ जनको मृत्यु भएको थियो भने काठमाडौं उपत्यकामा मात्र करीब चार हजार ५०० जनाले ज्यान गुमाएका थिए । घर, विद्यालय, देवालय र पाटीपौवा तथा सार्वजनिक भवनसमेत दुई लाख सात हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।

उक्त दिनको सम्झनामा आज अर्थात माघ २ गते देशमा भूकम्प दिवस मनाउने गरिन्छ ।

Bhukapa Diwas

विशेष