स्वास्थ्य

दैनिकजसो भान्सामा पुग्ने कुखुराको मासु कति खतरनाक छ, यो पढौं

दैनिकजसो भान्सामा पुग्ने कुखुराको मासु कति खतरनाक छ, यो पढौं

माघ २ । कुखुराको तौल बढाउन भिटामिनको नाममा प्रयोग भइरहेको अवैध औषधी मानव स्वास्थ्यका लागि घातक बनिरहेको छ ।

२१ पुस दिउंसो बनेपा काभ्रे भेटनरी सेन्टरका सञ्चालक विकास शर्मा तिमिल्सिनाले स्थानीय कुखुरा पालक किसानलाई भिटामिन बेच्दै थिए । तर यो भिटामिन नभएर एन्टिबायोटिक हो भन्ने किसानलाई थाहा छैन ।

दाना परिपुरकका रुपमा कान्तिपुर भेट डिस्ट्रिव्युटरले आयात गरेको यो एन्टिबायोटिक औषधि व्यवस्था विभगमा दर्ता नै छैन । औषधीको अवैध कारोबारी अरु कोही नभएर पशुपन्छी औषधी व्यवसायी संघका अध्यक्ष हेमराज बडाल स्यंम हुन् । बडालकै स्वामित्वमा रहेको कान्तिपुर भेटले भन्सारबाट औषधी विभागमा दर्ता नै नभएको लेभोभोक्स जस्ता थुप्रै एन्टिबायोटिक भिटामिन भन्दै मुलुक भित्राउन थालेको धेरै भइसक्यो ।

गलत एन्टिबायोटिक प्रयोगले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने जोखिम बढेको थाहा पाँउदा पाउँदै पनि सरकारी निकायको मौनता भने आश्चर्यजनक देखिन्छ ।

हिमाल खबरबाट

babaidha kukhura nasta Kukhura

विशेष