समाज

आजबाट भक्तपुरबाट पनि लाइसेन्स लिन पाइने

आजबाट भक्तपुरबाट पनि लाइसेन्स लिन पाइने

माघ २ । यातायात ब्यवस्था विभागले आइतबारदेखि भक्तपुरबाट पनि लाइसेन्स सवारी चालक अनुमतिपत्र वितण शुरु गर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले जगातीस्थित कार्यालयको आइतबार उद्घाटन गर्दैछन् ।

ललितपुरको एकान्तकुनामा मात्रै लाइसेन्स वितरण गर्दा सेवाग्रही मारमा परेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेवा विस्तार गर्न विभागलाई निर्देशन दिएका थिए ।

केही दिनअघि मात्रै काठमाडौंको ठूलो भर्याङमा शाखा विस्तार गरी लाइसेन्स वितरण सेवा थालिएको थियो । भक्तपुरको जगातीबाट यातायातले आइतबारदेखि लाइसेन्स वितरणको काम थाल्न लागेको विभागले जनाएको छ ।

भक्तपुरको जगातीमा आफू मातहतको ट्रायल सेन्टर नभएकाले तत्काल लाइसेन्स नविकरण मात्रै गरिने तथा लाइसेन्सका लागि आवेदन पनि बुझ्ने बताइएको छ । विभागले केही साताअघि मात्रै लाइसेन्सका लागि अनलाइन आवेदन खुला गरेको छ ।

यस्तै, काठमाडौंको चाबहिलमा पनि लाइसेन्स वितरणका लागि छिट्टै नै सेवा विस्तार गरिने भएको

Lience

विशेष