प्रवास

सुरक्षा माग्दा जागिर चट्

सुरक्षा माग्दा जागिर चट्

माघ २ ।  सुरक्षा र तलब वृद्धिको माग राखेकै कारण असमान पूर्वक निकालिएका अफगानिस्तानका नेपालका कामदारलाई सरकारले बेवास्ता गरिरहेको छ ।

सधै झै २६ असारको सबेरै दुर्गाबहादुर थापा मस्त निदाइरहेका थिए । अचानक बाहिर होलल्ला सुनियो । राम्ररी उठ्नै पाएका थिएनन् । अफगान सेनाले बन्दुक तेस्र्यायो । आतंकारी झै एरपोर्ट ल्याए । सामान प्याक गर्न समेत पाएनौं । उनले भने ।

काबुलस्थित बेलायती दुतावासमा सेक्युरिटी गार्डका रुपमा कार्यरत थापासहित १ सय ६ जना नेपाली अपराधी झै हविगत भोग्नु परेको कारण थियो– सुरक्षा र तलब वृद्धिको माग गर्नु ।

६ असारमा क्यानेडियन दुतावासमा कार्यरत १४ नेपालीको हत्या भएपछि उनिहरुले सुरक्षा र तलबको माग गर्दै आएका थिए । क्यानेडेली दुताबासमा कार्यरत नेपालीको हत्या भएपछि पाकिस्तानी दुतावासमा कार्यरत तीर्थ अर्याल काबुल पुगे ।

राजदूत समक्ष जी फोर एसले प्रयोगमा नल्याएको दुईवटा आर्मर भेइकल देखाउँदै कामलारलाई आउन जान गाडिको व्यवस्था गरिएको झुटो विवरण दियो । तर कामदारले आफ्नो अवस्था दयनीय रहेकोबारे राजदूत समक्ष खबर पुर्याएपछि ११ असारमा अर्याल कामदार भएकै ठाँउमा पुगे ।

अर्याल सम्मिलित छलफलमा कम्पनी प्रतिनीधिले सुरक्षार्थ आर्मर भेइकलको व्यवस्था गर्ने तर तलब वृद्धि नगर्ने अड्डी कस्यो । तर, त्यसको भोलिपल्टै अफगान सेना र प्रहरीको सहयोगमा कम्पनीले नेपाली कामदारलाई नेपाल फिर्ता पठाएको थियो ।

हिमाल खबर

Afaganistan In nepali

विशेष