खेल

रियल मड्रिडसँगको अंक दूरी छोट्यायो बार्सिलोनाले

रियल मड्रिडसँगको अंक दूरी छोट्यायो बार्सिलोनाले
माघ–२ । स्पेनिस ला लिगामा बार्सिलोनाले शनिबार राति भएको खेलमा जित निकाल्दै शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी छोट्याएको छ । खेलमा लास पालमसलाई ५–० ले हराउँदै बार्सिलोना विजयी भएको हो । बार्सिलोनाको जितको लागि लुइस स्वारेजले दुई गोल गरे । त्यस्तै लिओनल मेस्सी, आर्ड तुरान र एलेक्स विडालले एक–एक गोल गरे । खेलको १४ औँ मिनेटमै स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अघि रहेको बार्सिलोनाको लागि खेलको ५२ औँ मिनेटमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । त्यस्तै खेलको ५७ औँ मिनेटमा स्वारेजको व्यक्तिगत दोस्रो गोल, ५९ औँ मिनेटमा तुरान र ८० औँ मिनेटमा विडालले गोल गरेपछि बार्सिलोनाले ५–० को सजिलो जित निकाल्न सफल रह्यो । जितपछि दोस्रो स्थानमा रहेको बार्सिलोनाको १८ खेलबाट ३८ अंक भएको छ भने दुई खेल कम खेलेको रियल मड्रिडको शीर्ष स्थानमा रहँदै ४० अंक रहेको छ ।

बार्सिलोना ला लिगा

विशेष