खेल

केनको ह्याट्रिकसँगै टोटनह्याम दोस्रो स्थानमा उक्लिन सफल

केनको ह्याट्रिकसँगै टोटनह्याम दोस्रो स्थानमा उक्लिन सफल
माघ–२ । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै टोटनह्याम दोस्रो स्थानमा उक्लिन सफल भएको छ । टोटनह्यामले ह्यारी केनको ह्याट्रिकको मद्दतमा वेष्ट ब्रोमलाई ४–० ले हराएको हो । खेलको १२ औँ मिनेटमा केनले गोल गर्दै टोटनह्यामको लागि सुरुवाति अग्रता दिलाएका थिए । २६ औँ मिनेटमा वेष्ट ब्रोमका ग्यारेथ म्याकएलीले आत्मघाती गोल गरेपछि टोटनह्यामले पहिलो हाफमा २–० को अग्रता लियो । दोस्रो हाफ सुरु भएपछि खेलको ७७ र ८२ औँ मिनेटमा गोल गर्दै केनले आफ्नो ह्याट्रिक पूरा गर्दै टोटनह्यामलाई ४–० को जित दिलाए । जितसँगै दोस्रो स्थानमा उक्लिएको टोटनह्यामको २१ खेलबाट ४५ अंक भएको छ । शीर्ष स्थानको चेल्सीभने टोटनह्यामभन्दा सात अंकले अघि रहेको छ ।

इंग्लिस प्रिमियर लिग टोटनह्याम वेष्ट ब्रोम ह्यारी केन

विशेष