देश

मलेसियामा नेपालीको रहस्यमय मृत्यु

मलेसियामा नेपालीको रहस्यमय मृत्यु
माघ–२ । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका कञ्चनपुरको देखतभूली–७ बिचपट्टिका पैलाद रानाको रहस्यमय मृत्यु भएको छ । मलेसियाको केलमा रहेको बासै होटेलको शौचालयमा राना मृत अवस्थामा फेला परेका हुन् । काम गर्दै आएको कम्पनीबाट घुम्नका लागि बाहिर गएका बेला उनी मृत फेला परेको सोही ठाउँमा काम गर्दै आएका व्यक्तिले मृतकका परिवारलाई खबर गरेका हुन् । मृतकका बुबा लालबहादुर रानाले छोराको हत्या भएको बताएका छन् । विभिन्न सङ्घसंस्था र मलेसियामा कार्यरत नेपालीको सहयोगमा शव ल्याउने कार्य भइरहेको उनले बताए । एक साताअघि मृत अवस्थामा रानाको शव फेला परेको थियो । मृतकका एक छोरा, एक छोरी, श्रीमती र आमाबुबा रहेका छन् । घरको अवस्था निकै दयनीय रहेका राना कर्जा लिएर रोजगारीका लागि मलेसिया गएका थिए । रासस

नेपाली मलेसिया मृत्यु

विशेष