नेपाली खाना बेचेर स्विट्जरल्यान्डमा रहेका नेपालीले नुवाकोटमा बनाए विद्यालय

माघ–२ । स्विट्जरल्यान्डमा रहेका नेपालीले नेपाली खाना पकाएर, बेचेर संकलन भएको पैसाले भूकम्पले भत्काएको नुवाकोटको थानापती प्राथमिक विद्यालयको भवन बनाइदिएका छन् ।
हिमालय पिस एजुकेसन फाउन्डेसन संस्थामार्फत स्विट्जरल्यान्डमा रहेको नेपालीले १४ लाख ५७ हजारमा विद्यालयको चारकोठे भवन बनाएको फाउन्डेसनका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए । काठमाडौँबाट झन्डै ३२ किलोमिटर उत्तरतर्फ थानापती गाउँ विकास समिति, सानेपीपलको विद्यालयमा हाल दुई दर्जन बढी विद्यार्थी अध्ययनरत छन् ।
नवनिर्मित भनवको जिल्ला शिक्षा कार्यालय, थानापती स्रोत केन्द्रका प्रमुख महेश्वर पाण्डेले हालै उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा नेपाली समाज बसेल स्विट्जरल्यान्डका सदस्य प्रवीणकुमार मगरले नेपाली खाना पकाएर बेच्ने तथा अन्य रचनात्मक कार्यक्रमबाट सङ्कलित रकम विद्यालय निर्माणका लागी खर्च गरेको बताए ।
हिमालय पिस एजुकेसन फाउन्डेसनका अध्यक्ष लामाले भूकम्प गएपछि नुवाकोट क्षेत्रमा टिनका ३ सय अस्थायी घर र पाँच विद्यालय पुनःनिर्माणमा सहयोग गरेको जानकारी दिए । रासस
नुवाकोट
नेपाली
विद्यालय
स्विट्जरल्यान्ड