खेल

विमल, अन्जन र अनन्त दुई महिने अभ्यासको लागि स्पेन जाँदै

विमल, अन्जन र अनन्त दुई महिने अभ्यासको लागि स्पेन जाँदै
माघ–२ । नेपाली राष्ट्रिय फुटबल टोलीका चर्चित युवा स्ट्राइकर विमल घर्तीमगर तथा अन्जन विष्ट र अनन्त तामाङदुई महिने अभ्यासको लागि स्पेन जाँदै छन् । स्पेनिस फुटबल क्लब मार्बेला युनाइटेडमा करिब दुई महिना अभ्यास गर्ने छन् । नेपालले साफको यु–१९ प्रतियोगिता, बगबन्धु गोल्डकप र १२ औँ साग गेम जितेपछि स्पेनको मार्बेला क्लबले यी तीन खेलाडीलाई दुई महिना अभ्यासको निम्तो दिएको हो । मार्बेला युनाइटेड क्लब स्पेनको सेगुन्डा डिभिजनको ‘बी’ टिम हो जसलाई स्पेनिस फुटबलको लिग सिस्टममा तेस्रो श्रेणीको मानिन्छ । यही क्लबहरुले खेलाडी उत्पादन गरेर ला लिगा क्लबलाई दिने गरेको छ त्यसैले यसलाई ला लिगाको रिजर्भ टिमको रुपमा पनि लिने गरिन्छ । यही क्लबमा अभ्यासका लागि विमल, अन्जन र अनन्तसोमबार स्पेनको राजधानी मड्रिडका लागि उड्दै छन् । यसअघि विमलले भने नेदरल्याण्डसको क्लब एण्डरलेचमा पनि ट्रायल दिएका थिए । दुई महिनाको अभ्यासमा आफ्नो खेलबाट प्रभाव पार्न सकेमा यी तीन खेलाडीले स्पेनको व्यवसायिक फुटबल खेल्ने सम्भावना रहन्छ ।

अनन्त तामाङ अन्जन विष्ट विमल घर्तीमगर

विशेष