समाज

धावनमार्गमा एक्कासी कुकुर देखिएपछि..

धावनमार्गमा एक्कासी कुकुर देखिएपछि..

माघ ३ मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलको धावनमार्गमा आइतबार दिउँसो साढे २ बजे कुकुरहरूको बथान देखिएपछि त्यहाँको वातावरण खल्बलिन धेरै समय लागेन ।

धावनमार्गमा तीनवटा कुकुर एकसाथ देखिएपछि मलेसियाबाट आएको एयर एसियाको एउटा विमान अवतरण हुन नसकेपछि ओभरसुट पुनः आकाशमै फर्काउने काम गर्नुपर्यो । यस्तै, नयाँ दिल्लीबाट काठमाडौं आएका एयर इन्डिया र जेट एयरवेजको विमानको उडान पनि प्रभावित बन्न पुग्यो ।

धावनमार्गमा अकस्मात् एकैसाथ तीनवटा कुकुर हिँडिरहेको देखिएपछि अवतरणका लागि कोटेश्वरमाथिको आकाशबाट आइसकेको एयर एसियाको विमानलाई एक्कासि ओभरसुट गराइएको थियो । विमानस्थलको टावरले दिएको निर्देशनलगत्तै पुनः उचाइ लिँदै अकासिएको सो विमान केही समय काठमाडौं नजिकैको आकाशमा होल्ड गराएर निकै फन्को मारेको थियो ।

एयर ट्राफिक कन्ट्रोलरले अवतरणको अनुमति दिए पनि धावनमार्गको छेउमै तीनवटा कुकुर देखिएपछि अवतरण गर्न लागेको सो विमानलाई तत्काल सुरक्षाका लागि ओभरसुट गराउनुपरेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए ।

धावनमार्गमा आतंक मच्चाउनेमध्ये एउटा कुकुरलाई विमानस्थलका सुरक्षाकर्मीले गोली हानी मारेका छन् भने अन्य दुईवटालाई लखेटिएको थिए ।

राजधानी

bimansthal

विशेष