समाज

परीक्षा बोर्ड अध्यक्षमा १३ र सिटिइभिटीमा सात दाबेदार

परीक्षा बोर्ड अध्यक्षमा १३ र सिटिइभिटीमा सात दाबेदार

माघ ३ । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि १३ र प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् सिटिइभिटी सदस्यसचिवका लागि सात जनाले दाबी गरेका छन् ।

उनीहरूले सिटिइभिटीमा कार्ययोजना पेस गरेका छन् । बोर्डको अध्यक्षका लागि कार्ययोजना पेस गर्नेमा निजामती सेवाका पूर्वसचिवहरूदेखि प्राध्यापकहरूसमेत रहेका छन् । शिक्षा मन्त्रालयले कार्ययोजना माग गरी पेस गर्ने समय सकिएपछि छनोट समितिले कार्ययोजनाको मूल्यांकन प्रक्रियासमेत सुरु गरेको छ । बोर्डका अध्यक्ष सिफारिस कमिटीका सदस्य महेन्द्र सिंहले उम्मेदवारका लागि मापदण्ड तोकिएको र त्यसैका आधारमा मूल्यांकन हुने बताए । अध्यक्षका लागि कार्ययोजना माग गरेकाले त्यसको मूल्यांकनका लागि केही समय लाग्ने उनले बताए ।

शिक्षा मन्त्रालयले बनाएको सिफारिस समितिले बोर्डको अध्यक्ष हुन चाहनेले दुई हजार पाँच सय र सिटिइभिटीको सदस्यसचिवका लागि पाँच हजार शब्दसम्मको कार्ययोजनासहित दरखास्त आह्वान गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षका दाबेदार

बोर्डको अध्यक्षका लागि कार्ययोजना पेस गर्नेहरूमा महाश्रम शर्मा, जनार्दन नेपाल, चन्द्रमणि पौडेल, सतीश ओझा, हेमराज ढकाल, सीतानन्द पण्डित, कन्बिलाल यादव, गणेशप्रसाद अधिकारी, महानन्द चालिसे, रामचन्द्र पोखरेल, श्यामानन्द लाल, सूर्यप्रसाद पाण्डे, शिवशरण महर्जन छन् ।

नयाँ पत्रिका

Parixa board

विशेष