खेल

रियलको अपराजित यात्रामा पूर्णविराम

रियलको अपराजित यात्रामा पूर्णविराम

माघ ३ । रियल मड्रिडको अपराजित यात्रा टुंगिएको छ । ४० खेलबाट लगातार जित्तै आएको रियलले रियल मड्रिड सेभिल्लासँग २–१ ले पराजित भयो । रियल मड्रिडको हारमा सर्जियो रोमोसको आत्मघाती गोल र म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी स्टिभव जोवेटिकको गोल निर्णायक बन्यो ।

सेभिल्लाको मैदानमा भएको खेलमा पहिलो हाफमा गोल रहित बराबरीमा रोकिए पनि ६७ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडलाई अग्रता दिलाए । तर खेल सकिन पाँच मिनेट बाँकी हुँदा रामोसले आफ्नो पूर्व क्लबका लागि आत्मघाती गोल गरे । इन्जुरी समयमा जोवेटिकले गोल गर्दै सेभिल्लालाई जित दिलाए ।

जितसँगै सेभिल्ला १८ खेलबाट ३९ अंकसहित बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ४० अंक छ । तेस्रो स्थानमा झरेको बार्सिलोनाको १८ खेलबाट ३८ अंक छ ।

गए राति नै भएका अन्य खेलमा भ्यालेन्सियाले स्पानियोललाई २–१, सेल्टा डि भिगोले एलाभेसलाई १–० तथा एइबरले स्पोर्टिङ गिजोनलाई ३–२ ले हरायो । ग्रनाडा र ओसासुनाले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

स्पेनिस ला लिगा

विशेष