समाज

रेडियो नारायणीमा आगलागी, प्रसारण बन्द

रेडियो नारायणीमा आगलागी, प्रसारण बन्द

माघ ३ । चितवनको भरतपुरस्थित सामुदायिक रेडियो ‘रेडियो नारायणी’मा आगलागी भएको छ ।

गएराति करिव ८ बजेको समयमा विद्युत् सर्ट भई आगलागी भएको रेडियोका सञ्चालक गोविन्द देवकोटाले जानकारी दिए । भरतपुरको बुद्धचोकबाट सञ्चालनमा रहेको रेडियोको युपिएस ब्याट्रीसेट, कन्भर्टर, ट्रान्समिटर लगायतमा क्षति पुगेको उनले बताए ।

क्षतिको मूल्याङ्कन गर्न बाँकी रहेको रेडियोले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार सोलारको चार्ज कन्ट्रोलरबाट विद्युत् सर्ट भएको बताइएको छ ।

आगलागीपछि रेडियोको प्रसारण रातिदेखि नै बन्द भएको छ । ट्रान्समिटर र ब्याट्रीमा पनि असर गरेको भएमा करिब रु एक हजर चार सय १५ लाखको क्षति हुने देखिएको उनले बताए ।

प्रहरीका अनुसार दमकलसमेत पठाइएको भए पनि थप क्षति हुनबाट जोगाउन ग्यासबाट आगो नियन्त्रणमा लिइएको थियो ।

Redio Narayani

विशेष