मनोरञ्जन

लेडी गजनी राखी सावन्त

लेडी गजनी राखी सावन्त

बलिउड कलाकार राखी सावन्त लामो समयसम्म सञ्चारमाध्यममा छाइनन् । कहिले पार्टी खोल्ने त कहिले बाबा रामदेवसमक्ष बिहे प्रस्ताव राख्नेजस्ता स्टन्ट गरेर चर्चामा आइरहने उनी लामो समयपछि हालसालै मात्रै चर्चामा छाएकी छिन् । ‘कफी विद करन’को सिको गर्दै उनले ‘राखी इन खाकी’ नामक टेलिभिजन कार्यक्रम चलाउने भएपछि उनको चर्चा पुनः भएको हो ।

यति लामो समयसम्म कता हराउनुभएको थियो भनी सोधिएको प्रश्नमा उनले भनिन, ‘केही महिनाअघि श्रीलंकामा स्टेज पर्फर्मेन्स गर्ने क्रममा मेरो टाउकोमा चोट लाग्यो । उपचारका क्रममा मैले टाउको मुडुलो पार्नुपर्यो । साथै, केही समयका लागि मेरो स्मरणशक्ति पनि गुम्यो । म ‘लेडी गजनी’जस्तै भएँ । त्यही भएर महिनौँसम्म घरमै लुकेर बसेँ ।’

Rakhi Sawant

विशेष