मनोरञ्जन

दाई नै भेटिनन् कट्रिनाले

दाई नै भेटिनन् कट्रिनाले

बलिउड अभिनेत्री कट्रिना कैफले बलिउडमा आफ्नो दाइ बन्न तयार कुनै पुरुष फेला नपरेको गुनासो गरेकी छिन् । बलिउडका केही अभिनेतालाई आफूले दाइ बन्ने प्रस्ताव राखेको, तर सबैले अस्वीकार गरेको उनले बताइन् ।

‘घरमा हामी छ बहिनी छौँ, दाजुभाइ एक जना पनि छैनन् । त्यही भएर मलाई दाइ बनाउने ठूलो धोको छ,’ एक कार्यक्रममा उनले भनिन् ।

केही वर्षअघि अभिनेता अक्षय कुमारसँग ‘मेरो दाइ बनिदिनुस् न’ भनी आफूले प्रस्ताव राखको, तर अक्षयले अस्वीकार गरेको उनले बताइन् । ‘‘तीस मार खान’का लागि एउटा गीत छायांकन हुँदै गर्दा मैले अक्षयसँग यस्तो प्रस्ताव राखेकी थिएँ । तर उहाँले मान्नुभएन,’ उनले भनिन् ।

त्यस्तै, एउटा पार्टीमा अभिनेता अर्जुन कपुरसँग पनि आफूले यस्तै प्रस्ताव राखेको उनले बताइन् । ‘अर्जुनले पनि मेरो कुरा मानेनन,’ कट्रिनाले भनिन् ।

Katrina Kaif

विशेष