मनोरञ्जन

बुढ्यौलिको चिन्ता छैन् यी नायिकालाई

बुढ्यौलिको चिन्ता छैन् यी नायिकालाई

हलिउड अभिनेत्री ग्विनेथ पाल्ट्रोलाई कुनै बेला म बूढी बन्छु भन्ने कुनै चिन्ता छैन । त्यही भएर अनुहारमा आएका चाउरीका धर्साले उनलाई रत्तिभर पनि चिन्तित बनाउँदैनन् ।

४४ वर्षीया ग्विनेथ भन्छिन, ‘मेरो अनुहारमा चाउरीका धर्सा देखा पर्न थाले । कपाल पनि कैलो हुन थाल्यो । तर, मेरो शरीरमा आएको यस्तो परिवर्तनलाई म प्रेम गर्छु । जीवनमा मैले धेरै उतारचढाव बेहोरेको छु ।

मेरो अनुहारमा देखा परेका मेरा चाउरीले मेरो अतीत बकिरहेको हुन्छ । त्यही भएर योसँग म उल्टो खुशी पो छु,’ उनले भनिन् । चाउरी मेटाउने अथवा पुनः अतीतमा फर्किएर जाने इच्छा आफूसँग नरहेको समेत उनी बताउँछिन् ।

Gywaneth Patro

विशेष