मनोरञ्जन

हलिउडमा जम्दै नेपाली चेली (फोटोफिचर)

हलिउडमा जम्दै नेपाली चेली (फोटोफिचर)

अर्घाखाँचीको खाँचिकोट र कपिलवस्तुस्थित पुर्खयौली घर भएकी अमृता आचार्य यतिबेला पश्चिमी दुनियाँमा आफ्नो शानदार अभिनयको चमत्कार देखाउँदै छिन् ।

युरोपमा कहलाएका नेपाली मुलका चिकित्सक प्रो. डा. गणेश आचार्य र युक्रेनी मुलकी आर्किटेक्ट आमा लारिसा आचार्यको कोखबाट २९ वर्षअघि जन्मिएकी अमृताको बाल्यकाल नेपालम विताएकी थिइन ।

उनी अहिले आफ्नो कर्मभूमी अमेरिका, बेलायत र नर्वेमा पश्चिमा फिल्ममा व्यस्त छिन् ।

लन्डनस्थित एकाडेमी अफ लाइव एण्ड रेकर्डेड आर्ट्स (एएलआरए ) बाट नाटक अभिनय कलामा स्नातक गरेकी अमृताले आफ्नै मुख्य भूमिका रहेको चर्चित ब्रिटिस आइटीभीको मेडिकल ड्रामा सो ‘द गुड कर्म हस्पिटल’ फेब्रुअरीबाट प्रसारण हुँदैछ ।

यो बाहेक उनले थुप्रै नर्वेली फिल्ममा पनि अभिनय गरेकी छन् ।

Amrita Acharya

विशेष