समाज

राष्ट्रपतिकी छोरीको विहेमा पूर्वराजा ज्ञानेन्द्र, २० मिनेट बसेर फर्किए

राष्ट्रपतिकी छोरीको विहेमा पूर्वराजा ज्ञानेन्द्र, २० मिनेट बसेर फर्किए

माघ ३ । राष्ट्रपति विद्यादेवी भण्डारीको छोरीको विहेको निम्तो मान्न पूर्व राजा ज्ञानेन्द्र शाह राष्ट्रपति भवन शितल निवास पुगेका छन् । बिहेको निम्तो मान्न सवा १२ बजे शितल निवास छिरेका पूर्वराजा राप्रपाका नेताहरुसँग गफिएको तस्विर पत्रकार किरण नेपालले आफ्नो ट्वीटमा राखेका छन् ।

विवाहमा करिब २० मिनेट बसेर पूर्वराजा शाह फर्किएका छन् । विवाहमा शाहले दुलाहा दुलहीलाई शुभकामना दिए भने पूर्वपञ्चहरुसँग एउटै टेबुलमा बसेर केही बेर कुराकानी गरेका थिए ।

[caption id="attachment_51154" align="alignnone" width="750"] किरण नेपालको ट्वीटरबाट[/caption]

राष्ट्रपति विद्या देवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको पूर्व राष्ट्रपति डा. रामवरण यादवका नाति अभिशेष यादवसँग आज विवाह हुँदैछ । यसअघि राष्ट्रपति भण्डारीले छोरीको विहेमा पूर्व राजा ज्ञानेन्द्रलाई आमन्त्रण गरेको समाचार सार्वजनिक भएको थियो । गणतन्त्र आएपछि पश्चात पूर्व राजा ज्ञानेन्द्र शाह नेपालका राष्ट्रप्रमुखलाई भेटेको यो पहिलो पटक हो ।

एमाले नेता मदन भण्डारीकी कान्छी छोरी निशाकुसुम पेशाले डाक्टर हुन भने अभिशेष इन्जिनियर हुन् । अभिशेष पूर्व राष्ट्रपति रामबरण यादवकी भतिजी किरण यादवका छोरा हुन् ।

Gyanadra Shah

विशेष