मनोरञ्जन

ह्वाईट सनलाई अमेरिकामा अवार्ड

ह्वाईट सनलाई अमेरिकामा अवार्ड

माघ ३ । दिपक रौनियार निर्देशित चलचित्र ह्वाईट सनले अमेरिकामा न्यु भिजन र न्यु भ्वाईसेस तर्फ सर्वोत्कृष्ट घोषित भएको छ । अमेरिकामा सम्पन्न २८ औ पाम स्प्रिङ फिल्म फेस्टिबलमा ह्वाईट सन् दुई बिधामा सर्वोत्कृष्ट भएको हो ।

हलिउड रिपोर्टरमा प्रकाशित समाचारका अनुसार ह्वाइट सनले सो विधामा पर्तिस्पर्धी बनेका १० फिल्ममध्ये आफूलाई सर्वोत्कृष्ट बनाउन सफल भएको हो ।

जुरीको भनाई उल्लेख गर्दै विज्ञप्तीमा डार्क कमेडी ह्वाईट सन प्रखर र लोभलाग्दो दृष्टान्त शैलीका कारण सर्वोत्कृष्ट बनेको उल्लेख गरेको छ ।

फिल्म फेस्टिवलका लागि फिल्मका निर्देशक रौनियार र कलाकार रविन्द्र सिंह बाँनिया यतिबेला अमेरिकामा छन् ।

White Sun Movies

विशेष