खेल

बंगलादेशका कप्तान घाइते, टोली सात विकेटले पराजित

बंगलादेशका कप्तान घाइते, टोली सात विकेटले पराजित
माघ–३ । पहिलो टेस्टको अन्तिम दिन न्युजिल्याण्डविरुद्ध ब्याटिङमा उत्रिएका बंगलादेशका कप्तान मुशफिकर रहिमको टाउकोमा बलले लागेर घाइते भएका छन् । न्युजिल्याण्डका तिम साउथीको बलिङ कप्तान रहिमको हेलमेटमा लागेको हो । दोस्रो पारीमा १३ रन मात्र बनाएका रहिम बलले लागेपछि घुँडाले टेकेर केहीबेर अडिएका थिए । तर पछि उनी बेहोस भए । बलले लागे लगत्तै उनलाई स्ट्रेचरमा राखेर एम्बुलेन्सबाट अस्पताल लगिएको थियो । एक्स–रेमा उनको टाउकोमा गम्भीर चोट नदेखिएको र उनको अवस्था अहिले समान्य रहेको छ । यसका साथै बंगलादेश दुई टेस्ट श्रृँखलाकाे पहिलो खेलमा न्युजिल्याण्डसँग सात विकेटले पराजित भएको छ । पहिलो पारीमा ५ सय ३९ रन बनाएपनि दोस्रो पारीमा बंगलादेशले मात्र १ सय ६० रन मात्र बनाउन सफल भयो । जितसँगै दुई टेस्टको श्रृँखलामा न्युजिल्याण्डले १–० को अग्रता लिएको छ ।

टेस्ट न्युजिल्याण्ड बंगलादेश मुशफिकर रहिम

विशेष