इब्राहिमोविचको गोलले घरेलु मैदानमा युनाइटेडलाई हारबाट जोगायो
माघ–३ । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले बराबरी खेल खेलको छ ।
युनाइटेड र लिभरपुलले १–१ गोलको बराबरी खेलका हुन् । खेलका लिभरपुलको लागि जेम्स मिल्नर र युनाइटेडको लागि जाल्टन इब्राहिमोविचले १–१ गोल गरे ।
युनाइटेडको घरेलु मैदानमा भएको खेलमा २७ औँ मिनेटमा पाएको पेनाल्टीबाट गोल गर्दै मिल्नरले लिभरपुललाई सुरुवाति अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको युनाइटेडको लागि खेल सकिन ६ मिनेट बाँकी रहँदा इब्राहिमोविचले बराबरी गोल फर्काएर घरेलु मैदानमा हारबाट जोगाए ।
बराबरीपछि तेस्रो स्थानमा उक्लिएको लिभरपुलको २१ खेलबाट ४५ अंक भएको छ भने छैटौँ स्थानमा रहेको युनाइटेडको ४० अंक छ ।
इंग्लिस प्रिमियर लिग
म्यानचेस्टर युनाइटेड
लिभरपुल