मनोरञ्जन

प्रियंका चोपाडाले निर्माण गर्न नेपाली फिल्ममा मञ्जु क्षेत्री

प्रियंका चोपाडाले निर्माण गर्न नेपाली फिल्ममा मञ्जु क्षेत्री
माघ – ३ । प्रियंका चोपडाले निर्माण गर्न लागेको नेपाली सिनेमा पौवाका लागि मुख्य अभिनेत्रीमा सिक्किमी मन्जु क्षेत्री अनुबन्धित भएकी छन् । उनी अडिसन पास हुँदै फिल्मका लागि छनौट भएकी हुन् । उनीसँगै सिक्किमबाट अन्य पाँच कलाकार पनि छानिएको बताइन्छ । प्रियंकाको कम्पनी पर्पल पेबलले फोनबाट उनलाई यसको जानकारी दिएको हो । पर्पल बेबलको प्रमुखमा अहिले प्रियंकाकी आमा मधु छिन् । प्रियंका चोपडा भने अहिले हलिउडको फिल्मको क्वान्टिकोमा व्यस्त छिन् । यो फिल्मको निर्देशन पाखी ए टाएरेवालाले गर्ने जनाइएको छ । फिल्ममा राजनीतिक अस्थिरताका कारण परिवारबाट अलग भएका दुई बालबालिकको कथा रहनेछ । फेव्रुअरी पहिलो सातादेखि फिल्मका लागि कार्यशाला सुरु हुँदैछ । सन् २०१३ देखि अभिनय थालेकी मन्जुले नेपाली सिरियल मेरी बास्सैमा खड्काजीको कान्छी श्रीमतीको रुपमा अभिनय गरेकी छन् । सन् २००२ मा खसेको पहिरोमा बुवा र दिदीलाई गुमाएपछि उनकी आमाले उनलाई हुर्काएकी थिइन् । मञ्जु सिक्किम मणिपाल विश्वविद्यालयबाट एमबीए ग्र्याजुयट हुन् ।

Manju Chhetri

विशेष