खेल

रियल मड्रिडको अपराजित यात्रा तोड्दै सेभिल्ला लिगको दोस्रो स्थानमा

रियल मड्रिडको अपराजित यात्रा तोड्दै सेभिल्ला लिगको दोस्रो स्थानमा
माघ–३ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको खेलमा कीर्तिमानी ४० खेलमा अपराजित रहेको रियल मड्रिड सेभिल्लासँग पराजित भएको छ । खेलमा रियल मड्रिड सेभिल्लासँग २–१ गोलले पराजित भएको हो । सेभिल्लाको जितको लागि मड्रिडका सर्जियो रोमोसले आत्मघाती गोल गरे र स्टिभव जोवेटिकले एक गोल गरे । मड्रिडका लागि रोनाल्डोले एक गोल फर्काएका थिए । पहिलो हाफ गोल रहित बराबरीमा रोकिएपनि ६७ औँ मिनेटमा पाएको पेनाल्टीबाट गोल गर्दै क्रिष्टियानो रोनाल्डोले रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाएका थिए । खेल सकिन ५ मिनेट बाँकी रहँदा रामोसले आत्मघाती गोल गरेपछि खेल बराबरी भएको थियो । इन्जुरी समयमा जोवेटिकले गोल गरेपछि सेभिल्लाले जित दर्ता गर्न सफल भएको हो । जितसँगै सेभिल्ला १८ खेलबाट ३९ अंकसहित बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको रियल मड्रिडको एक खेल कम खेलेर ४० अंक छ । तेस्रो स्थानमा झरेको बार्सिलोनाको भने १८ खेलबाट ३८ अंक रहेको छ ।

रियल मड्रिड सेभिल्ला स्पेनिस ला लिगा

विशेष