समाज

इटहरीमा विद्युत् चुहावट नियन्त्रण अभियान

इटहरीमा विद्युत् चुहावट नियन्त्रण अभियान
माघ–३ । नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा महशुल नतिर्ने आठ सय ६५ ग्राहकको विद्युत् लाइन काटेर महसुलबापतको बक्यौता एक करोड १७ हजार ३ सय ८२ रुपैयाँ असुल गरेको छ । विद्युत् महसुल नतिरेका औद्योगिक घराना र सर्वसाधारण ग्राहकबाट उक्त रकम असुल गरेको सुपरभाईजर रीतेशकुमार झाले जानकारी दिएका छन् । सोही अवधिमा ८ सय ७४ ग्राहकको बिद्युत लाईन काटी पुन जडान गर्दा ती ग्राहकबाट लिनु पर्ने महसुल बापत ९८ लाख ९२ हजार ६ सय ७६ थप रकम असुल भएको पनि सुपरभाईजर झाले बताएका छन् । विद्युत आपुर्तिलाई ब्यवस्थित तुल्याउने अभियानका क्रममा इटहरी बितरण केन्द्रले ३० वटा नयाँ ट्रान्सफरमर जडान गरेको र खनार सवस्टेशनमा १६ एमभीएको ट्रान्सफरमर थपेर उपभोक्तालाई सरल रुपले बिद्युत प्रवाह गरेको छ । रासस

इटहरी विद्युत् चुहावट नियन्त्रण

विशेष