समाज

अवैध मदिरा उद्योग चलाउने पक्राउ

अवैध मदिरा उद्योग चलाउने पक्राउ
माघ–३ । जिल्ला प्रहरी कार्यालय सप्तरीले अवैध घरेलु मदिरा उत्पादन गर्ने दुई जनालाई गएराति पक्राउ गरेको छ । अवैध ढङ्गबाट मदिरा उत्पादन गरेको सूचना थाहा भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले छापा मार्ने क्रममा एक हजार लिटर मदिरा र दुई हजार लिटर कच्चापदार्थसमेत जफत गरेको बुझिएको छ । सप्तरी जिल्लाको जमुनीमध्येपुरा–१ बस्ने विश्वनाथ साह र महेन्द्र साहको घरमा छापा मार्दा सो घरेलु मदिरासहित उत्पादन गर्ने भाँडाकुँडा तथा मेसिन पनि नियन्त्रणमा लिई कार्वाही प्रक्रिया अगाडि बढाएको छ । साथै अवैध मदिरा कारोबार गर्ने महेन्द्र साह र विश्वनाथ साहलाई पक्राउ गरी कानुनबमोजिम कार्वाही गरिएको छ। रासस

अवैध मदिरा उद्योग सप्तरी

विशेष