खेल

रुस्लान कप क्रिकेटको फाइनलमा नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने

रुस्लान कप क्रिकेटको फाइनलमा नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने
माघ–३ । कीर्तिपुरमा जारी दोस्रो रुस्लान कप क्रिकेटको फाइनलमा उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी भिड्ने भएका छन् । सोमबार भएको पहिलो सेमिफाइनलमा पुलिसले न्यू होराइजोन क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्यो । होराईजनले प्रस्तुत गरेको ८३ रनको लक्ष्य पुलिसले १७.४ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । अर्को सेमिफाइनल भिडन्तमा भने आर्मीले एसपीएमाथि ७० रनको फराकिलो जित हात पार्दै फाइनको यात्रा तय गरेको हो । पहिले ब्याटिङ गरेको आर्मीले २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनायो । जवाफी ब्याटिङको लागि मैदान उत्रिएको एसपीएले २० ओभरमा ७ विकेट गुमाएर ११७ रन मात्र जोड्न सक्यो ।

त्रिभुवन आर्मी नेपाल पुलिस फाइनल रुस्लान कप क्रिकेट

विशेष