समाज

धादिङको खाल्टेमा बस दुर्घटना, २० घाइते, १५ को अवस्था गम्भीर

धादिङको खाल्टेमा बस दुर्घटना, २० घाइते, १५ को अवस्था गम्भीर
माघ – ३ । धादिङको सदरमुकाम धादिङबेंसीबाट खाल्टे गाविसको फ्याक्से जाँदै गरेका यात्रुवहक दुर्घटना हुँदा कम्तिमा २० जना यात्रु घाइते भएकाछन् । घाइते मध्ये १५ जना गम्भीर रहेका छन् । बा३ख ८२६३ नम्बरको बस खाल्टेको पतेनी गाँउस्थित फेदीको सडकबाट ४० मिटर तल खसेको हो । बसमा सवारमध्ये सबैजसो घाइते भएका हुन् । घाइतेको उद्धार भइरहेकाले सबैको अस्था एकीन भइसकेको छैन । गाँउलेहरुले घाइतेको उद्धार गरिरहेका छन् । घाइतेहरुको उद्धारमा जिल्ला सदरमुकाम धादिङबेशीबाट ६ वटा एम्बुलेन्स र प्रहरीको टोली पुगेको छ ।

road accident

विशेष