समाज

राजनीतिभन्दा शक्तिशाली रहेछ प्रेमः मदन भण्डारीकी छोरी कांग्रेस नेतृकी बुहारी !

राजनीतिभन्दा शक्तिशाली रहेछ प्रेमः मदन भण्डारीकी छोरी कांग्रेस नेतृकी बुहारी !
 
मदन भण्डारी २०५० साल जेठ ३ गते दास ढुंगामा मारिए । उनी नेकपा एमालेका एमालेको महासचिव थिए । भण्डारीको हत्या हुँदा उनकी छोरी निशा कुशुम भण्डारी ५ वर्षकी थिइन् । कम्युनिष्ट नेता भण्डारीले सायदै सोचेका थिएनन्, उनकी छोरीको विवाह कांग्रेस खानदानमा हुन्छ भन्ने । तर, प्रेमले राजनीति भनेन् नत जातपात भन्यो । कम्युनिष्ट नेता भण्डारीको छोरी निशा कुशुमको विवाह कांग्रेस नेत्री किरण यादवको छोरा अभिषेक यादवसंग सम्पन्न भयो । राष्ट्रपतीकी कान्छी पुत्री निशाकुसुम र कांग्रेस नेतृ पुत्र अभिषेक बुढानिलकण्ठ स्कुलमा संगै पढेका थिए । उनीहरु बिचको प्रेम स्कुल पढ्दादेखि नै फस्टाएको थियो । उनीहरुको प्रेमसम्बन्धलाई दुबै परिवारले स्वीकार गरेपछि उनीहरु वैवाहिक बन्धनमा बाधिएका हुन् । बुढानीलकण्ठ स्कुलमा पढ्दादेखिकै साथी निशा र अभिशेषबीचको सात वर्ष लामो प्रेमसम्बन्ध विवाहमा परिणत भयो ।
वरवधुलाई शुभकामना दिन आउनेलाई कुनै प्रकारको जिन्सी तथा नगद उपहार नल्याउनलाई राष्ट्रपतिले आग्रह गरेकी थिइन् । यो वैवाहिक समारोहलाई सामाजिक सुधार ऐन २०३३ भित्र रहेर आयोजना गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । राजनीतिक रुपमा कांग्रेस र एमाले तथा गणतन्त्र नेपालका पहिलो र दोस्रो राष्ट्रपति सम्धी सम्धिनीको नातामा समेत गाँसिनु अर्को संयोग हो । अझै पनि नेपाली समाजमा राजनीतिक विचार फरक भएको कारण विभिन्न झैझगडा हुन्छ । तर, देशकै प्रमुख पदमा भएकी विद्यादेवी भण्डारीको छोरीको विवाह कांग्रेस खानदानमा हुनुले नयाँ सन्देश दिएको छ । संसारमा सबैभन्दा ठूलो प्रेम हो एवम् प्रेम र युद्धमा सबैथोक जायज हुन्छ भन्ने कथनलाई प्रमाणित गरेको छ । विवाह समारोहमा यादवको अभिषेकको बुवा मुनीलाल यादव तथा आमा किरण, आफन्तसहित ४० जना जन्तिका साथ शीतलनिवास आएका थिए । उक्त वैवाहिक कार्यक्रममा पूवराजाका साथै राजनीतिक दलका नेता, कूटनीतिक नियोगका पदाधिकारी लगायत वर–वधुलाई शुभकामना दिन शितल निवास पुगेका थिए । कम्युनिष्ट नेताको पुत्रीको विवाह कांग्रेस खानदानमा हुनुले समाजमा नयाँ सन्देश दिएको भनेर विभिन्न टिक्का टिप्पणी चलेको छ । राष्ट्रपति कार्यलय शीतल निवासमा पहिलोपटक सम्पन्न भएको विवाहले जातियताबिचको दुरी मात्र हैन राजनीतिक दुरी पनि छोट्याएको छ । दुलाहा अभिशेषकी आमा किरण यादव महोत्तरी निर्वाचनन क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसकी सांसदका साथै गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवकी भतिजी हुन् । बाबु मुनिलाल इन्जिनियर हुन । एमाले नेता भण्डारीकी कान्छी छोरी निशा पेशाले डाक्टर हुन भने अभिशेष इन्जिनियर हुन् । निशाले दिल्लीबाट एमबीबीएस गरेकी हुन् । निशाको र अभिशेषको असोज ३० गते शितलनिवासमा टीकाटालो भएको थियो ।
प्रस्तुति : सागर बुढाथोकी

Abhishesh Yadav Bidhyadevi Bhandari Nieshkushum Bhandari

विशेष