समाज

आक्रोसित सेवाग्राहीद्वारा यातायात कार्यालय तोडफोड

आक्रोसित सेवाग्राहीद्वारा यातायात कार्यालय तोडफोड

माघ ४ । सेवाग्राहीले यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) बाग्मती एकान्तकुनाका कर्मचारीहको लापारबाहीका कारण ४ दिनदेखि सास्ती खेप्नु परेको भन्दै नाराबाजी र तोडफोड गरेका छन् ।

सेवाग्राहीका अनुसार कार्यालयले शुक्रबार बिग्रिएको स्मार्ट कार्ड कम्प्युटरको सर्भर सोमबारसम्म बनिसक्ने आश्वासन दिएको थियो । लाइसेन्स लिन राती ३ बजेदेखि लाइनमा लागेका सेवाग्राही सोमबार बिहान ७ बजे सर्भर नबनेको भन्दै मुख्य भवनको गेट बन्द गर्दा आक्रोशीत बनेका थिए ।

उनीहरुले केहिबेर चक्रपथ चल्ने गाडी ठप्प पारे । महानगर यातायातको बा ४ ख १३३ नम्बरको गाडीको सिसासमेत फुटाए । सेवाग्राहीले घेराउ गर्न थालेपछि कर्मचारीहरु कार्यालय छाडेर हिडेका थिए ।

कान्तिपुर

Yatayat Karyalay

विशेष