मनोरञ्जन

महिलाको इज्जत नगरे आफ्नै छोराको गर्दन छिनाउने साहरुखले दिए धम्की

महिलाको इज्जत नगरे आफ्नै छोराको गर्दन छिनाउने साहरुखले दिए धम्की

माघ ४ ।  बलिउड अभिनेता साहरुख खानले आफ्ना २ छोरा आर्यन र अव्राहमको गर्धन नै काटिदिने धम्की दिएका छन् ।

उनले आफ्ना छोराहरुले महिलाको इज्जत नगरे गर्धन नै काटिदिने बताएका हुन् । साहरुखले एक म्यागेजिनलाई दिएको अन्र्तवार्तामा महिलाको इज्जत गर्न आग्रह गरेका छन् । उनले भने ‘मैले मेरा दुई छोरालाई भनेको छु कि, महिलाहरुको इज्जत गर । यदि, यसौ गरेनौ भने म गर्धन काटिदिन्छु ।’

कुनै पनि यूवती कसैको खेलौना हुन नसक्ने उनको भनाई छ । आफूले छोराहरुलाई यूवतीको इज्जत गर्न भनेको साहरुखले बताएका छन् । बलिउडमा साहरुख यूवतीहरुको मामलामा निकै चर्चित छन् । अधिकांश अभिनेत्रीहरु साहरुखसँग रहँदा आफूहरुले सुरक्षित महशुश गर्ने बताउँछन् ।

Sarukh Khan

विशेष