स्वास्थ्य

संवेदनशील मान्छेका गुण र अवगुणहरु थाहापाइराख्नुहोस्

संवेदनशील मान्छेका गुण र अवगुणहरु थाहापाइराख्नुहोस्

सबै मानिस एकै हुंदैनन्, व्यक्ति अनुसारको आचरण फरक–फरक हुन्छ । हामीले यहाँ केही सम्वेदशील र भावुक व्यक्तीहरुको आचरणका बारेमा उल्लेख गरेका छौं, उनीहरुको स्वभाव कस्तो हुन्छ त ? थाहापाइराख्नुहोस् ।

गहिरिएर सोच्छन

धेरै भावुक मानिसहरु अन्य मानिसहरुको तुलनामा धेरै गहिरिएर सोच्छन । उनीहरु सानो सानो कुरालाई धेरै महत्व दिने गर्छन र सानो कुरालाई महत्व धेरै दिने भएकाले उनीहरु अती सम्वेदशिल हुन्छन् । सानो कुराले उनीहरु धेरै रिसाउने र आवेगमा आउने गर्छन । कसैलाई चाडै विस्वास गरिहाल्ने हुन्छन ।

चाडै प्रतिक्रिया जनाउछन्

धेरै सम्वेदनशिल मान्छेहरु चाडै नै प्रतिक्रिया जनाउछन । कुनै पनि कुरालाइै उनीहरु मनमा नराखिकन चाडै नै व्यक्त गर्छन । त्यस्ता व्यक्तिहरु रिसाउने खुसी हुने डाह र ईष्र्या समेत चाडै नै व्यक्त गर्छन ।

कुनै कुरा मनमा राख्दैनन्

आफ्नो कुराहरु अरुलाई व्यक्त गर्न हिचकिचाउंदैनन् । आफ्नो र भरपर्दो र विस्वासिलो साथीलाई उनीहरु आफेनो सबै कुरा व्यक्त गर्छन । तर, उनीहरुले थाहा पाउदा पाउदै कसैले कुनै पनि कुरा उनहिरुलाईै ब्यक्त गरेन भने उनीहरु रिसाउछन ।

कसरत विस्तारै गर्छन्

उनिहरु कसरत गर्न त्यति रुचाउदैनन् । कसरत गर्ने ठाउमा होस् या अन्य खेलकुद खेल्ने ठाउमा उनीहरु मानिसहरुसंग घुलमिल हुन त्यति रुचाउदैनन् ।

निर्णय गर्न लामो समय लगाउन्

कुनैपनि कुरामा चाडै प्रतिक्रिया देखाउने भएतापनि निष्र्कष निकाल्न सक्दैनन् । निर्णय गर्ने अवस्थामा उनीहरु के सही हो र के गलत हो त्यो छुटाउन हम्मे हम्मे पर्छ ।

धेरै समयसम्म निराश हुन्छन

निर्णय गर्न मान्ने स्वाभाव जस्तै सम्वेदसिल मानिसहरु कुनै पनि कुरामा गलत निर्णय भयो भने धेरै नै निराश हुन्छन ।

हरेक कुराको विस्तृत विवरण

सानो सानो कुराको विस्तृत विवरण चेक गरेर बस्छन । जुत्ता होस या ज्याकेट उनीहरुलाई सबैको डिटेल चाहिन्छ ।

अन्तर्मुखी  हुदैनन्

कम बोल्ने हुन्छन भन्ने भनिन्छ । तर सबै सम्वेदनसिल मानिसहरु कम बोल्ने हुदैनन् , तर प्राय जसो कम बोल्ने नै हुन्छन् ।

टीममा राम्रो काम गर्न सम्छन्

सानो कुरामा धेरै सोच्ने भएकाले टिममा काम गर्दा नया बिचार प्रतिपादन गरि राम्रो काम गर्न सक्छन । हरेक विषयलाई गहिराईमा सोच्न सक्ने उनिहरुकोसार्मथ्य हो ।

डिप्रेसनको सिकार हने

हरेक कुरालाई चाडै नै प्रतिक्रिया दिनुपर्ने, धेरै गहिराईमा गएर सोच्नुपर्ने र चाडै नै रिसाउनुपर्ने स्वाभावका कारण उनीहरुका धेरै साथी हुदैनन् । मनमा धेरै कुरा सोच्ने र व्यक्त गनेै ठाउ नपाएपछि उनीहरु डिप्रेसनको सिकार हुन पुग्छन ।

चाडै नै डराउछन अति नै डरछेरुवा हुन्छन । उनीहरु सानो सानो कुरामा पनि धेरै नै डराउछन ।

चाडै नै आशु झार्छन सानो कुरामा पनि भावनामा बग्ने हुनाले उनीहरु भावुक हुदै गर्दा आशु झरेको थाहा नै पाउदैनन ।

स्वाभाव राम्रो

अरुलाई अत्यन्त राम्रो व्यवहार गर्छन । अरुले गरेको व्यवहारबाट पिडित भएपछि मात्र उनीहरु रिसाउने गर्छन् ।

कुरा काट्दा धेरै नै निरास हुन्छन

अरुले कुरा काटेको सहन सक्दैनन् । सानै कुरा किन नहोस उनीहरुलाई त्यसले पिरोलेको हुन्छ । उनीहरु अरुले कुरा काट्दा समेत आसु झार्छन ।

परिश्रमी हुन्छन

घरमा होस या अफिसमा धेरै नै काम गर्न रुचाउछन र समय चोर्ने र काम ठग्ने उनीहरुको स्वाभाव हुदैन । जसरी हुन्छ धेरै काम गरेर अफिसको विकास गर्ने ध्यानमा उनीहरु लागिरहेका हुन्छन । रामैो वातावरण र सहकार्य पाएमा सम्वेदनसिल मानिसहरु भएको अफिसको प्रगती चाडै नै हुन्न् ।

Behabior Manab Swastya

विशेष