देश

जाजरकोट जिल्ला सदरमुकामभन्दा पहिला उर्जामन्त्रीको निर्वाचन क्षेत्रलाई झलमल बनाइदै

जाजरकोट जिल्ला सदरमुकामभन्दा पहिला उर्जामन्त्रीको निर्वाचन क्षेत्रलाई झलमल बनाइदै
माघ – ४ । जाजरकोट जिल्ला सदरमुकाम खलंगाभन्दा अघि उर्जामन्त्री जनार्दन शर्मा निर्वाचित भएको निर्वाचन क्षेत्र रुकुममा बत्ती बालेर झलमल बनाइने भएको छ । जाजरकोट सदरमुकामभन्दा पहिला नै मन्त्रीको निर्वाचन क्षेत्रमा केन्द्रिय बिद्युत् लाइन प्रसारण गरेर झलमल बनाउन लागिएको हो । जाजरकोट जिल्ला सदरमुकाम खलंगाभन्दा पहिला उर्जामन्त्रीको निर्वाचन क्षेत्र रहेको रुकुमको चोरजहारीमा केन्द्रिय बिद्युत लाइन प्रसारण गरेर बत्ति बाल्न लागिएको बताइएको छ । जाजरकोट सदरमुकाम खलंगामा केन्द्रिय बिद्युत् लाइन प्रसारण गरेर बत्ति बाल्नका लागि अझै एक महिनाभन्दा बढि समय लाग्ने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सुर्खेतले जनाएको छ भने, रुकुमको चौरजहारीमा अबको एक हप्ता भित्रै बिद्युत् लाइन प्रसारण गरेर बत्ती बाल्न सकिने वताएको छ । सुर्खेतको राकमदेखि जाजरकोटको कुदुसम्म प्रसारण लाइन तयार भइसकेको छिन्चु, राकम, जाजरकोट ३३ केभि प्रसारण लाइन आयोजनाले जनाएको छ । तयार भएको प्रसारण लाइनमा भोली (माघ ५ गते) देखि बिद्युत् परिक्षण प्रसारण गरिने बितरण केन्द्र सुर्खेतका प्रमुख दीपक जंग चौधरीले जनाएका छन् । बिद्युत परिक्षण प्रसारण ४ दिनसम्म हुने भएको हुँदा सुर्खेतको राकमदेखि जाजरकोटको कुदुसम्मको रुटमा रहेका विद्युत् पोल तथा तारहरु नछुन पनि सर्वसाधारणहरुलाई जानकारी गराएका छन् ।
दीपबहादुर घर्ती / जाजरकोट

जाजरकोट बिद्युत लाइन

विशेष