देश

बर्दियाः ठाकुरद्वारा माघी मेलामा मदिरा सेवन गरी प्रहरीद्वारा स्थानीयमाथि कुट्पिट, स्थानीय र प्रहरीबिच झडप

बर्दियाः ठाकुरद्वारा माघी मेलामा मदिरा सेवन गरी प्रहरीद्वारा स्थानीयमाथि कुट्पिट, स्थानीय र प्रहरीबिच झडप
माघ - ४ । बर्दिया ठाकुरद्वाराको ठाकुरबाबा मन्दिरमा लाग्ने परम्परागत माघी मेलामा प्रहरीले मदिरा सेवन गरी सर्वसाधरणलाई कुटपिट गर्न थालेपछी प्रहरी र स्थानिय बासीन्दा बिच झडप भएको छ । मन्दिरमा लाग्ने परम्परागत माघी मेलाको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले मदिरा सेवन गरी स्थानियलाई कुटपिट गर्न थालेपछी सोमबार राति झडप भएको स्थानिय हेमन्त आचार्यले जानकारी दिए । दोहोरो झडपपछी स्थानिय सर्वसाधारण २ जनालाई नियन्त्रणमा लिएको र मेला परिसरमा प्रहरीले लाठि चार्ज गरेको मन्दिर व्यवस्थापन समितीका सचिव गणेश आचार्यले बताए । प्रहरीले २ जनालाई नियन्त्रणमा लिएपछी अस्थाई प्रहरी चौकीमा स्थानियले ढुंगामुढा गरेपछी प्रहरीले सोमबार राती ५ राउण्ड फायरिङ समेत खोलेको थियो । प्रहरीले त्यति नै खेर आफ्नो गल्ती ढाक छोप्न गर्न थप ३ जनालाई नियन्त्रणमा लिएको स्थानीयको आरोप छ । प्रहरीले गरेको अन्धाधुन्ध लाठिचार्जवाट दर्जनभन्दा बढि मेला अवलोकनकर्तासमेत घााईते भएका छन् । माघ १ गतेदेखि एक सातासम्म चल्ने मेला मंगलवारदेखि मेला भर्न आउनेको संख्या घटेको छ । झडपका क्रममा नेपाल प्रहरीले नेपाली सेनामा कार्यरत स्थानिय एक जनालाई कुटपिट गर्दा घाँटीमा लगाएको सुनको सिक्री समेत हराएको छ । माघी मेलामा स्टल लगाएका स्थानीय व्यबसायीलाई निर्घात कुटेपछि सोमबार राती देखि तनाव भएको हो । प्रहरीले स्थानीय आक्रोषित भिँडलाई नियन्त्रणमा सोमवार राती नै लाठि चार्ज र फायरिङ गरेर पाँच जनालाई नियन्त्रण लिएको छ । माघी मेलामा सुरक्षाको लागी खटिएको प्रहरी टोलीले पत्रकार ताक्दा व्यबसायीलाई कुटेको समेत बताईएको छ । मदिरा सेवन गरेका प्रहरीले सोमवार राती पत्रकार भन्दै दुर्गा टेन्ट हाउस, भुरिगाउँका संचालक दुर्गा जैशिलाई कुटपिट गरेको स्थानियले बताएका छन् । पत्रकार महासंघ बर्दियाका उपाध्यक्ष एवं उज्यालो सहकर्मी भावुक योगीले माघी मेलामा सुरक्षार्थ खटिएका प्रहरीसँग तपाईँहरुले मेलामा राखिएका स्टल व्यबसायीसँग रकम माग गरेकोे हो र भन्ने बारेमा समाचारका लागि प्रतिक्रिया लिनुभएको थियो । प्रहरीसँग रकम असुलेको बिरोधमा जिज्ञाशा राखेको भन्दै पत्रकार कुट्न हिँडेको प्रहरीले व्यसायिलाई कुटेको भन्दै स्थानियवासी आक्रोसित भएका छन् । निर्दोश ब्यक्तीलाई कुटपिट गरी पक्राउ गरेको भन्दै रिहाई गर्न स्थानियको माग छ । पर्यटकिय क्षेत्र ठाकुरबाबा मन्दिर परीसरमा लाग्ने परम्परागत माघी मेलामा प्रहरीले ज्याजती गरी स्थानियलाई कुटपिट गरी परम्मरालाई तोडने खालका गतिबिधी हुनु दुखद भएको ठाकुरद्धारा गाउँ बिकास समितीका सचिव कृष्ण प्रसाद उपाध्यायले बताए। घटनाका विषयमा बुझ्न जिल्लाबाट आउनुभएका एसपी खडकाले सबैको कुरा सुन्दा प्रहरी र स्थानियको गल्ती भएको बताउनुभएको छ । पत्रकार भन्दै कुटेको भन्ने विषय भने आफुलाई जानकारी नभएको बताए । घटनाका विषयमा थप छलफल गर्न अञ्चलबाट एसएसपि धिरु बस्न्यात र बर्दियाका एसपी सहितको टोली जिल्लाबाट आएपछी पक्राउ परेकाहरुलाई मंगलवार विहान छोडिने सहमती भएको मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष झक प्रसाद आचार्यले जानकारी दिए । धार्मिक आस्थाले लाग्ने माघी मेलामा दुखद घटना भएकाले प्रहरीले पक्राउ गरेकालाई निशर्त रिहा गर्नु पर्ने नेत्र आचार्यले बताए ।

Bardiya

विशेष