ताजा खबर

ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

ट्रयाक्टर पल्टिँदा तीन जनाको मृत्यु

माघ ५ ।  धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । जनकपुर–धनुषाधाम सडक खण्डको धनुषाधाम नगरपालिका–१ इनर्वामा ज १ त २६५९ नम्बरको ट्रयाक्टर मंगलबार दुर्घटना भएको हो ।

तीब्र गतिका कारण ट्रयाक्टर दुर्घटना हुँदा चालक धनुषाधाम नगरपालिका–१ गोबिन्दपुरका २५ वर्षका श्रीनारायण सदा, सिरहा गोलबजारका २२ वर्षकी निजनी खातुन र उहाँकी १८ महिनाकी छोरीको ज्यान गएको प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालामा राखिएको छ ।

Accident

विशेष