समाज

उच्च अदालतका ८० न्यायाधीशको शपथ आज

उच्च अदालतका ८० न्यायाधीशको शपथ आज

माघ ५ । उच्च अदालतमा नियुक्त भएका ८० जना न्यायाधीशले आज शपथ लिँदै छन् । प्रधानन्यायाधीश सुशीला कार्कीले आज दिउँसो १ बजे उनीहरूलाई शपथ खुवाउने कार्यक्रम तय भएको छ ।

न्यायाधीश नियुक्तिसम्बन्धी निर्णय पुनर्विचार गर्न नेपाल बार एसोसिएसनले गरेको आग्रह र बेच्न बहिष्कार गर्ने सरकारी वकिलको चेतावनीका बीच न्यायाधीशहरूको शपथग्रहण हुन लागेको हो ।

पाँच सदस्यीय परिषद्मा बहुमतका आधारमा प्रधानन्यायाधीश कार्की, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायक र सदस्य रामप्रसाद श्रेष्ठले मात्रै निर्णय गर्नु दुर्भाग्यपूर्ण भन्दै बारले असन्तुष्टि जनाएको थियो ।

परिषद् सदस्य वरिष्ठत न्यायाधीश वैद्यनाथ उपाध्याय र बारका तर्फबाट परिषद् सदस्य रामप्रसाद सिटौला भने न्यायाधीश सिफारिस गर्ने बैठकमा अनुपस्थित थिए ।

judge Uchha Adalat

विशेष