नेपाल–चीनको सीमाक्षेत्रमा प्रहरी चेकपोस्ट निर्माण सुरु

माघ–५ । नेपाल–चीनको सीमाक्षेत्र रसुवाकाे मितेरी पुलमा सुरक्षा जाँचपोस्ट निर्माण प्रक्रिया अगाडि बढेको छ ।
जिल्ला सहरी विकास कार्यालय प्रमुख राजेन्द्र खतिवडाका अनुसार प्रमुख नाकाको रुपमा रहेको रसुवागढीमा कार्यरत सुरक्षाकर्मीको सेवा दिने सहजताको लागि प्रिफेव्रिकेट मोडेलको सुरक्षा पोस्ट निर्माण गर्न कार्य सुरु गरिएको छ ।
खुल्ला सडकमा दिनभर डिउटी गर्नुपर्ने भएका कारण एकातर्फ नदी किनार छेउको चिसो हावा, अर्कोतर्फ धुवाँधुलो समेतको समस्या भइरहेको अवस्थामा केही समयबाट सुरक्षाकर्मीलाई काम गर्न सहजता आउने बताइएको छ । विसं २०७२ को विनाशकारी भूकम्पपछि गढी क्षेत्रमा आएको पहिरो रोकथामका लागि पूर्वतर्फको पहरो इलाकामा उपकरणद्वारा स्टे कङ्क्रिट गरिने लक्ष्य रहेको बताउँदै प्रमुख खतिवडाले त्यसका लागि टेन्डर प्रक्रिया अगाडि बढिसकेको जानकारी दिए । रासस
नेपाल–चीन
प्रहरी चेकपोस्ट निर्माण
रसुवा