मनोरञ्जन

१९ वर्षअघिको कृष्णसार शिकार मुद्धाबाट सलमान दोषमुक्त

१९ वर्षअघिको कृष्णसार शिकार मुद्धाबाट सलमान दोषमुक्त
माघ–५ । १९ वर्षअघिको कृष्णसार शिकार मुद्धाबाट बलिउडका चर्चित अभिनेता सलमान खानले सफाई पाएका छन् । राजस्थानको जोधपुर अदालतले सलमानलाई बुधबार दोषमुक्त गरेको हो । उनीविरुद्ध कृष्णसार शिकार मुद्धामा लाइसेन्स रद्ध भएको बन्दुक प्रयोग गरेको आरोप लागेको थियो । स्थानीय वन विभागले १९ वर्षअघि दायर गरेको ‘आर्म्स एक्ट’ अन्तर्गत मुद्धा जोधपुर जिल्लाका मुख्य न्यायाधीश दलपतसिंह राजपुरोहितले शंकाको लाभ दिँदै दोषमुक्त गर्ने निर्णय गरेका हुन् । बुधबार सलमानलाई बिहान ११ बजे अदालतमा उपस्थित हुन आदेश गरिएको थियो । तर, सुरक्षा र भीडका कारण उनी अदालत केही समय ढिला पुगेका थिए । यो मुद्धामा दुवै पक्षको बयान ९ जनवरीमा सुनेपछि अदालतले अन्तिम निर्णयका लागि १८ जनवरीको समय निर्धारण गरेको थियो । र, यसका लागि सलमानलाई अदालतमा अनिवार्य उपस्थितको आदेश दिएको थियो ।

मुद्धा सलमान खान

विशेष