खेल

धरान र सहारा क्लब आहा राराको क्वाटरफाइनलमा

धरान र सहारा क्लब आहा राराको क्वाटरफाइनलमा
माघ–५ । १५ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा धरान फुटबल क्लबले अन्तिम ८ मा स्थान बनाउन सफल भएको छ । धरानले एपिएफलाई १–० ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि थपिएको समयमा धरानको लागि दिपक राईले १०३ औँ मिनेटमा गोल गरेर जित दिलाएका हुन् । १२ पटक आहा रारामा सहभागी भएको धरानको यो दोस्रो जित हो । यसअघि १२ औँ आहा गोल्डकपको आफ्नो पहिलो खेलमा धरानले आर्मीलाई २–१ ले हराएको थियो । मंगलबार भएको खेलमा आयोजक सहारा क्लब पनि विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । सहारा क्लब पोखराले सुदूरपश्चिम ११ स्पोर्टिङ क्लबलाई ४–० ले हराउँदै अन्तिम ८ मा आफ्नो स्थान सुरक्षित गरेको हो । माघ १५ गतेसम्म चल्ने प्रतियोगितामा आयोजक सहारा क्लब, तीन विदेशी र तीन विभागीय टिमसहित १२ टिमको सहभागिता छ । बिहीबारको खेल एएनए अमेरीका र रमपम झापा ११ बीच हुनेछ ।

आहा रारा गोल्डकप क्वाटरफाइनल धरान फुटबल क्लब

विशेष