लाजले लैजाला है

काठमाडौं । लोकलाजका कारण रोग लुकाएर र पालेर बस्नु आफैप्रति गरिने ठुलो अपराध हो । नेपली समाजमा यौन रोग लाग्नुलाई चरित्रसंग जाडेर हेरिने भएकाले यस्ता समस्या भएकाहरु रोग लुकाएर बस्छन् ।
लाजका कारण उपचार गराउन हिचकिचाएपछि रोग बल्झिदैँ जान्छ परिणामतः व्यक्तिले शारीरिक, मानसिक र आर्थिक क्षति बेहोर्नुपर्छ । लज्जाकै कारण रोग लुकाउँदा बाझोपन, नपुंशकत्व जस्ता जटिल समस्या आइपर्ने हुन्छ ।
रोग लुकाउनु आफैलाई ठग्नु हो त्यसैले रोग लुकाएर बस्नु भन्दा आफूमा भएको रोगको बेलैमा उपचार गर्नु बेस हुन्छ ।
Human Health