खेल

मड्रिडको लगातार दोस्रो हार, अघिल्लो चरणमा जान खेल जित्नैपर्ने दवाव

मड्रिडको लगातार दोस्रो हार, अघिल्लो चरणमा जान खेल जित्नैपर्ने दवाव
माघ–६ । ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिड लगातार दोस्रो खेलमा पराजित भएको छ । बुधबार राति कोपा डेल रेको खेलमा मड्रिड सेल्टा डि भिगोसँग २–१ ले पराजित भएको हो । यसअघि आईतबारको खेलमा ला लिगामा सेभिल्लासँग पनि २–१ को पराजय मड्रिडले भोगेको थियो । लगातार ४० खेलसम्म अपराजित रहेर कीर्तिमान बनाएको मड्रिडले सन् २०१५ को नोभेम्बरपछि पहिलो लगातार हार व्यहोरेको हो । कोपा डेल रेको क्वाटर फाइनलको पहिलो लेग घरेलु मैदानमा भएको खेल पहिलो हाफमा गोलरहित बराबरी रहेको थियो । खेलको ६४ औँ मिनेटमा लागो एस्पासले सेल्टाका लागि सुरुवाति गोल गरेका थिए । त्यसको पाँच मिनेटमै मार्सेलोले मड्रिडको लागि बराबरी गोल फर्काए । तर ७० औँ मिनेटमा फेरि सेल्टाका लागि कास्ट्रो ओट्टोले गोल गर्दै २–१ को जित निकाले । अघिल्लो चरणमा प्रवेश गर्न आउँदो बुधबार हुने दोस्रो लेगमा जित आवश्यक छ ।

कोपा डेल रे रियल मड्रिड ला लिगा

विशेष